२०८१ माघ २८, सोमवार , ०३:४९:४० बजे

Sajhamanch
'

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

सोमवार, माघ २८, २०८१

काठमाडौं । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर दुई हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको छ । अन्य र व्यापारबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर