काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सीवाईसी अत्तरियाले फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर ११८ रन बनायो ।
अत्तरियाका लागि रसिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए । धनगढीका अभिषेक गौतमले चार विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान एक विकेट लिए ।
अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।