पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ४ः३० बजे पाँचथर याङबरक– २ इन्द्रेणी ओढारछेउस्थित मध्यपहाडी लोकमार्गमा तीनतिम्बुबाट च्याङथापुतर्फ जाँदै गरेको मे. १ त ६८९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टर चालक पाँचथर याङबरक– १ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल झरेर दुर्घटना भएको जनाइएको छ ।