![](https://sajhamanch.com/wp-content/uploads/2025/02/ram-chandra-poudel_61FN8L9fbG.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे । स्वच्छ पारदर्शी समाज निर्माणमा योगदान होस् भन्ने उनको धारणा छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्का सम्मानित गरे । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भइन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गरेका थिए ।