![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Arjun_trophy_final_0kdy2Ly470.jpg)
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आज सीवाईसी अत्तरिया र फ्रेन्डस् युथ क्लब डडेलधुरा खेल्दैछन् । उपाधिका लागि हुने यो खेल फाप्ला क्रिकेट मैदानमा दिउँसो एक बजे शुरू हुनेछ ।
अत्तरिया डीसीए धनगढीलाई र डडेलधुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।