![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Kp-sharma-oli-3.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन,’ प्रधानमन्त्री ओलीले सञ्चारकर्मीको प्रश्नको जवाफमा भनेका छन् । सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो ।
तर, यही २४ गते स्थागित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।
प्रतिनिधि सभाको बैठक आज डेढ घण्टा ढिलो हुँदा पनि सुरु भएको छैन ।
जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा बिभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।
अध्यादेश पारित गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।