![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Congress-Uml-Task-force-1024x569-1-e1739081849714.png)
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ ।
७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ ।
सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।