२०८१ माघ २६, शनिवार , ०९:१९:२५ बजे

Sajhamanch
'

ज्ञानोदयको नेतृत्व क्षमता विकास प्रशिक्षण सम्पन्न

शनिवार, माघ २६, २०८१

भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर ८ ले नेतृत्व क्षमता विकास सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ ।

नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानाध्यापक बद्री कार्कीले सहजीकरण गरेको प्रशिक्षणमा सहकारीका सदस्यहरूलाई सहकारीमा नेतृत्व क्षमता विकास तालिम दिइएको हो ।

सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा प्रशिक्षक कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साल लगायतले तालिम फलदायी बन्ने विश्वास व्यक्त गरेका थिए ।

सहकारीका उपाध्यक्ष धनकुमारी खरेलले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अधिकारीले गरेका थिए ।