२०८१ माघ २६, शनिवार , ०४:४४:३६ बजे

Sajhamanch
'

ढकाललाई एक मतले पछि पारे आचार्यले

शनिवार, माघ २६, २०८१

झापा । नेपाल कानुन व्यवसायी परिषद् केन्द्रीय पार्षदको निर्वाचनमा झापाबाट बालकृष्ण आचार्यले प्रतिस्पर्धी उम्मेदवारलाई एक मतले पछि पारेका छन् ।

आज देशभर परिषद् सदस्यका लागि कानुन व्यवसायीहरूले आफ्ना उम्मेदवारलाई मतदान गरेका हुन् । जस अन्तर्गत कोशी प्रदेशबाट छानिने एकजना प्रतिनिधिका लागि प्रगतिशील पक्षधर बालकृष्ण आचार्य र प्रजातान्त्रिक पक्षधर राजु ढकालले प्रतिस्पर्धा गरेका थिए ।

उम्मेदवार बालकृष्ण आचार्यका प्रतिनिधि अधिवक्ता पवन कार्कीले दिएको जानकारी अनुसार झापामा १३४ जना मतदाता रहेकोमा १२२ मत खसेको थियो । मतगणना अनुसार आचार्य ले ६१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ढकालले ६० मत प्राप्त गरे । एकमत बदर भएको पाइएको छ।

यसैगरी इलाम जिल्लामा बालकृष्ण आचार्यले ४० मत र राजु ढकालले १७ मत प्राप्त गरेको अधिवक्ता कार्कीले जानकारी दिए। ।

कोशी प्रदेशका १४ वटा जिल्लाबाट एकजना प्रतिनिधि चयन गर्ने गरी निर्वाचन भएको जानकारी दिएको छ।

सम्बन्धित खबर