२०८१ माघ २५, शुक्रवार , ०८:४६:१६ बजे

Sajhamanch
'

‘संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्ने हो’ : एमाले नेता खरेल

शुक्रवार, माघ २५, २०८१

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताएका हुन् ।

‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसदमा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भने ‘उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ ।’

पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशिल रहेको आरोप पनि लगाए ।

संघीय सरकारमा कानूनमन्त्री तथा महान्याधिवक्ता भइसकेका नेता खरेलले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताए । सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ, उनले भने– ‘संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ ।

संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उनको धारणा थियो । नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको औंल्याएका छन् । त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन पनि सकिने तर अध्यादेश ल्याउनु नै गलत हो भन्नु राजनीतिक तर्कसंगत भएन, उनको भनाई छ ।

रास्वपा सभापति रवि लामिछाने माथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उनले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिए । सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ, दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुने पूर्वमहान्याधिवक्ता खरेलको सूझाव छ ।

विस्तृतमा यो भिडियो हेर्नुस् :

https://fb.watch/xBRgUuSyzU/