२०८१ चैत २, शनिवार , ०८:१७:२७ बजे

Sajhamanch
'

६ महिनामा २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । सरकारले गएको साउनदेखि पुस मसान्तसम्ममा २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०० किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएका हुन ।

प्रतिवेदन अनुसार १८१ किलोमिटरभन्दा केही बढी दुई लेनको र साढे २० किलोमिटर चार लेनको सडक कालोपत्र भएको छ । सरकारले यो वर्ष ८०० किलोमिटर दुई लेनको र १२० किलोमिटर चार लेनको गरी ९२० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा गरी दुई लेनको १८ हजार ५४८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस्तै चार लेनको २४३ किलोमिटर सडक कालोपत्र भएको छ ।

देशभरमा गरी ३ हजार ४४० वटा पक्की पुल निर्माण भएका छन् । प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ वटा पुल निर्माण भएका छन् । यस्तै चालू आर्थिक वर्षमा रेल्वे अन्तर्गत ३ वटा पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर