काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालकी सम्झना खड्काले सबैभन्दा धेरै १७ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिइन् ।
यो खेलको नतिजाले शीर्ष स्थानमा रहेर उपाधि जित्ने टोलीको टुङ्गो लाग्नेछ । लगातार ५ खेलमा जितविहीन नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । थाइल्यान्ड ५ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा छ ।