२०८१ माघ २५, शुक्रवार , ०२:१५:४९ बजे

Sajhamanch
'

राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक(पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ ।

कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर