२०८१ माघ २५, शुक्रवार , ०२:१५:४९ बजे

Sajhamanch
'

मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द

शुक्रवार, माघ २५, २०८१

गुल्मी । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि बन्द भएको छ।

उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए।

सडक सुचारु गरी काम गर्दा यात्रुहरुमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरी काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए।

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि –श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ।

सम्बन्धित खबर