![](https://sajhamanch.com/wp-content/uploads/2024/12/death.png)
झापा । झापाको बिर्तामोडस्थित एभरेस्ट होटल एन्ड लजमा युवतीसँग बसेका हल्दिवारीका एक युवक मृत फेला परेका छन् ।
सुनसरी जिल्ला धरान उप–महानगरपालिका-१५ घर भई हाल कनकाई नगरपालिका-७ दुर्गापुरमा बस्दै आएकी अन्दाजी २३ वर्षीया मुना विकसँग होटलमा बसेका हल्दिवारी गाउँपालिका-१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार राति खाना खाई सुतेका बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुईँमा लडी बेहोस भएका थिए ।
उनकी साथी मुना र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति ११ बजे मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले होटल सञ्चालक बिर्तामोड-५ का अन्दाजी ४८ की यामकुमारी उप्रेती र युवती मुनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।