२०८१ माघ २४, बिहिवार , ०४:२२:२८ बजे

Sajhamanch
'

त्रिदेशीय टी–२० शृङ्खला स् थाइल्यान्डको पहिलो हार, नेदरल्यान्ड्ससँग १ विकेटले पराजित

बिहिवार, माघ २४, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो ।

थाइल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सकी फेबे मोलकेनबोरले ३२, रोबिने रिज्केले २० रन बनाए । थाइल्यान्डका थिपाचा पुथावोङ्गले ४, ओनिचा कम्चोम्फुले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो । थाइल्यान्डकी नथ्थाकन चान्थमले नटआउट ३६, चानिदा सुथ्थीरुङ्गले ३२ रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले ३ विकेट लिइन् ।

यो जीतसँगै नेदरल्यान्ड्सले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । थाइल्यान्ड ५ खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतियोगिताको अन्तिम खेलमा भोलि नेपाल र थाइल्यान्ड खेल्दैछन् । यो खेलले शीर्ष स्थानमा रहेर उपाधि जित्ने टोलीको टुङ्गो लाग्नेछ । नेपाल भने ५ वटै खेल हार्दै पुछारमा छ ।