२०८१ माघ २४, बिहिवार , ०१:०५:१३ बजे

Sajhamanch
'

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छ : कांग्रेस प्रमुख सचेतक

बिहिवार, माघ २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका छन् ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन् । ‘जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने ।

उनले राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने जिकिर गरेका छन् । ‘जसपा नेपालले समर्थन गर्छ । अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ,’ उनले भने ।

संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।

‘संसदीय दलको बैठक अघि कांग्रेस संग छलफल हुँदा समर्थन गर्न सकरात्मक हुनुहुन्छ,’ घिमिरेले भने ।