२०८१ माघ २४, बिहिवार , १०:३७:०० बजे

Sajhamanch
'

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहिवार, माघ २४, २०८१

काठमाडौं । संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। आज अपराह्न १ः१५ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

आज सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछन्।

सम्बन्धित खबर