२०८१ माघ २२, मङ्गलवार , १०:०८:४९ बजे

Sajhamanch
'

प्रेस चौतारी नेपालको २७औँ स्थापना दिवस मनाइदै

मङ्गलवार, माघ २२, २०८१

झापा । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ।

स्थापना दिवसका अवसरमा झापासहित विभिन्न जिल्ला र शाखाहरुमा कार्यक्रम हुँदैछन्। झापा जिल्ला कमिटीले पर्यटकीय क्षेत्र दोमुखामा स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदानसहित वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएको छ ।

यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ। कोशी प्रदेशको विराटनगरमा १०औँ महाधिवेशन सम्पन्न हुने छ । अहिले जिल्ला शाखाहरुको अधिवेशन धमाधम भइरहेका छन्।

सम्बन्धित खबर