२०८१ माघ २०, आइतवार , ०५:५८:२२ बजे

Sajhamanch
'

सञ्जीवनी साकोसले चुम्यो अर्धवार्षिक लक्ष्य

आइतवार, माघ २०, २०८१

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको कारोबार सम्बन्धी मध्यकालीन समीक्षा गरेको छ ।

संस्थाले शनिबार बिर्तामोडमा आफ्नो ‘पाइलट टिम’ र ‘क्रु’हरु एकत्रित गरेर २०८१ पौष मसान्तसम्मको लक्ष्य एवम् उपलब्धीको समीक्षा गरेको हो ।

संस्था सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति एवम् विषयगत उपसमितिलाई पाइलट टिम र कर्मचारीहरुलाई क्रुको रुपमा चित्रण गर्दै चालू वर्षका लागि निर्धारित सबै लक्ष्यहरु यो टिम मिलेर हासिल गर्नुपर्ने विषयमा छलफल भएको हो ।

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा उनले नै दिप प्रज्वलन गरी अर्धवार्षिक समीक्षा गोष्ठी उद्घाटन गरिएको थियो । गोष्ठीमा अध्यक्ष चुडालले २०८१ पौष मसान्तसम्मको वित्तीय लक्ष्य र प्रगतिका विषयमा तथ्याङ्क प्रस्तुत गरेका थिए । संस्थाले समीक्षा अवधिमा सबै शीर्षकमा तोकिएका लक्ष्यहरु लगभग नजिक रहेको जनाइयो ।

तथ्याङ्क अनुसार पौष मसान्तका लागि निर्धारित लक्ष्यहरु मध्ये शेयर सदस्यता वृद्धि १०१ दशमलव ८३ प्रतिशत, शेयर पूँजी ९२ दशमलव ४५ प्रतिशत, कोष हिसाव ८२ दशमलव २१ प्रतिशत, निक्षेप तथा बचतमा ९७ दशमलव ०१ प्रतिशत लक्ष्य हासिल गरेको उल्लेख छ ।

यसैगरी लगानीमा रहिरहेको ऋण वृद्धि ९५ दशमलव ७२ प्रतिशत, कूल आम्दानी ५१ दशमलव १५ प्रतिशत, कूल खर्च ४१ दशमलव ४० प्रतिशत र कूल नाफा ९९ दशमलव ८७ प्रतिशत हासिल गर्न सफल भएको जनाइयो ।

संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको सो अर्धवार्षिक समीक्षा बैठकमा संस्थाका सल्लाहकार संयोजक चक्रप्रसाद खरेल, उपाध्यक्ष दिनेशकुमार सुवेदी, लेखा सुपरीवेक्षण समितिका संयोजक कमला सिवाकोटी र सदस्य मिलन कोइराला, ऋण उपसमितिका सदस्य विष्णुप्रसाद राजवंशी, शिक्षा उपसमितिका सदस्य खेमराज ढकाल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर