२०८१ माघ २०, आइतवार , ०१:२७:३७ बजे

Sajhamanch
'

नक्कली नोटसहित एक भारतीय पक्राउ

आइतवार, माघ २०, २०८१

काठमाडौं । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार सोनी छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय ५०० दरको १ थान र १०० दरको २९ थान नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुकनाहा बजारकै किराना पसलमा मुकेश कुमारले सामान किनपछि नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सम्बन्धित खबर