२०८१ माघ २०, आइतवार , ०१:२७:४६ बजे

Sajhamanch
'

माघ २६ देखि बिर्तामोडमा अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता हुँदै

आइतवार, माघ २०, २०८१

बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

झापाका १५ वटै पालिकाको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा हालसम्म १० वटा पालिकाबाट सहभागिता सुनिश्चित भएको अध्यक्ष गिरीले बताए ।

प्रतियोगितामा विजयी हुने टिमलाई ३ लाख रुपैयाँ र उपविजयी हुने टिमलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने तथा प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ६६ हजार रुपैयाँको खर्च अनुमान गरिएको अध्यक्ष गिरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

विशेष गरी महिला खेलाडीहरु उत्पादन गर्न प्रोत्साहनखएवम् आकर्षणका लागि प्रतियोगिता सार्थक हुने आयोजकले विश्वास लिएको सचिव विसन लिम्बूको भनाई छ ।

सचिव लिम्बूको सहजीकरणमा भएको सो पत्रकार सम्मेलनमा नगरप्रमुख महतारा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले प्रतियोगितासँग सम्बन्धित आफ्ना धारणा राखेका थिए ।

थप विवरण तल प्रस्तुत भिडियोबाटः

https://youtu.be/03ocI0t1VGw?si=JmOudr6uCpy-ql0i

https://www.facebook.com/share/v/1A5BG5ooUd/