२०८२ भदौ ४, बुधवार , ०७:१६:५६ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा पछाडि सवार युवकको मृत्यु

शुक्रवार, माघ १८, २०८१

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

महेन्द्रनगर राजमार्गस्थित बेदकोट नगरपालिका-७ सुडामा म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहीवार साँझ आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बसेका युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय हरिस खुना छन्। मोटरसाइकल बेलौरी नगरपालिका-८ का २१ वर्षीय अमृत चौधरीले चलाएका थिए। उनी घाइेत छन्।

दुर्घटनामा घाइते भएका खुनाको उपचारका क्रममा बिहीबार राति १०ः४५ बजे नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।