२०८१ माघ १७, बिहिवार , ०५:४७:५२ बजे

Sajhamanch
'

सभामुख घिमिरेद्वारा पाँच दिवसीय अनुष्ठानको उद्घाटन

बिहिवार, माघ १७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राणप्रतिष्ठा गर्नुअघि आजदेखि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज शुभारम्भ गरेका छन् ।

अनुष्ठानको उद्घाटन अघि कलशमा गंगाजल अर्पण गरेपछि शुरु भएको शोभायात्रा बिर्तामोड नगर परिक्रमा पछि गायत्री मन्दिर परिसरमा पुगेर विसर्जन गरिएको थियो । शोभायात्रामा सभामुख घिमिरे आफैं सरिक भएका थिए ।

एक हजारभन्दा धेरै भक्तजनको सहभागितामा भएको शोभायात्रामा सभामुख घिमिरे शनिश्चरे रोड हुँदै मुक्तिचौक परिसरसम्म हिँडेरै सहभागी बने । आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र १०० जना बटुकसमेत शोभायात्रामा सहभागी बनेका थिए ।

पञ्चेबाजासहित निकालिएको शोभायात्रामा स्थानीय भजन कीर्तन समूहका महिलाहरु समेत सरिक थिए । विभिन्न भेषभूषामा सजिएर कलशयात्रामा सरिक महिलाहरुले गायत्री माताको मन्त्र उच्चारण गरेका थिए ।

सम्बन्धित खबर