बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बिर्तामोड सेवा केन्द्र अन्तरगतका पुराना सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजनामा सुरु भएको तालिमको अध्यक्षता बिर्तामोड ब्यवस्थापन उपसमितिक संयोजक उत्तम खनालले गरेका छन् ।
वित्तीय साक्षरता तथा उत्प्रेरणामुलक कार्यक्रम नाम दिइएको सो कार्यक्रमको मुख्य सहजीकरण संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई र शिक्षा समितिका संयोजक लक्ष्मीप्रसाद दाहालले गर्ने कार्यक्रम तय गरिएको छ ।
बिर्तामोड सेवा केन्द्र प्रमुख दुर्गा पाेखरेलले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित सदस्यहरुलाई बिर्तामोड ब्यवस्थापन उपसमितिका सचिव गणेश पोखरेलले गरेका छन् ।