सुनसरी । सुनसरीको धरानमा भएको मोटरसाइकल दुर्घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् ।
गएराति ११ः४५ बजे धरान– ८ भोटेपुलस्थित धनकुटा–इटहरी सडक खण्डमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको को २० प ६५६२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा इप्रका धरानमा कार्यरत मोटरसाइकल चालक प्रहरी चौकी महेशपुर झापा दरबन्दी भएका प्रहरी सहायक हवल्दार आइतराज पालुङ्वा लिम्बू र मोटरसाइकलमा पछाडि सवार इप्रका धरान दरबन्दी भएका प्रहरी हवल्दार सुर्तीलाल चौधरी घाइते भएका छन् ।
दुवैको टाउकोमा चोट लागेको छ । उनीहरूलाई उपचारको लागि बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।