२०८१ माघ १३, आइतवार , ११:२२:२८ बजे

Sajhamanch
'

नेपाल निजामती कर्मचारी संगठन : झापामा न्यौपाने र मोरङमा कोइरालाले पाए नेतृत्व

आइतवार, माघ १३, २०८१

झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२औँ र मोरङको १३औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएका छन् ।

भद्रपुर १० चन्द्रगढीस्थित संगठनको आफ्नै भवनमा एक समारोहका बीच नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले झापा जिल्ला अधिवेशन उद्घाटन गरेका हुन् ।

संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता एवम् सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले राजनीति र कर्मचारीतन्त्र बीच नङ र मासुको जस्तो सम्बन्ध रहने हुँदा दुवै संयन्त्रबीचको सहकार्य र समन्वयबाट मात्र सुखी नेपाली, समृद्ध नेपालको अभिभारा पूरा हुने बताए । उनले प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीको काम छिटो र छरितो ढंगले सम्पादन गरिदिन पनि कर्मचारीहरुलाई आग्रह गरे ।

उपाध्यक्ष हिरन्य न्यौपानेले स्वागत गरेको समारोहमा अध्यक्ष पोखरेलले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका कार्यप्रगतिका बारे जानकारी दिनुका साथै आागमी कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संगठनले संगठनका कोशी प्रदेश इञ्चार्ज एवम् संगठन झापाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंलाई सम्मान गरेको थियो । सम्मानित गुरागाईंलाई प्रमुख अतिथि गिरी, कोशी प्रदेशसभा सदस्य छविलाल चूडाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

यसैबीच, अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा हिरण्य न्यौपाने चयन भएका छन् । भद्रपुर नगरपालिकामा कार्यरत न्यौपाने वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए ।

अध्यक्षलगायत सबै पद सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक देवराज कार्कीले जानकारी दिए । उनका अनुसार खुला उपाध्यक्षमा चिरन खतिवडा र महिला उपाध्यक्षमा चन्द्रा पोखरेल चयन भएका छन् । सचिवमा पूर्णचन्द्र मैनाली, सहसचिवमा चिरञ्जीवी खवास र कोषाध्यक्षमा मनोज भट्टराई चयन भएका छन् ।

यस्तै खुला सदस्यमा हेमचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, हिमाल सुवेदी, मनिषा कोइराला, कुवेरप्रसाद न्यौपाने, नर्वदा तिम्सिना, गणेशदत्त तिमल्सेना, यामकुमार कुरुम्बाङ, सागर दाहाल र हेमचन्द्र लामिछाने शर्मा, महिला सदस्यमा मञ्जु भट्टराई र दुर्गा अधिकारी तथा मधेसी सदस्यमा दिवाकर सुनरैव चयन भएका छन् ।

यसैगरी, लेखा आयोग संयोजकमा सुवास विक तथा सदस्यमा रविन्द्र अधिकारी र अरुणा भट्टराई सर्वसम्मत चयन भएको निर्वाचन संयोजक कार्कीले जानकारी दिए ।

यसैगरी नेपाल निजामती कर्मचारी संगठन मोरङ जिल्ला अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न तेह्रौ अधिवेशनबाट शालिगराम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि उनी कार्यवाहक अध्यक्षसमेत थिए ।

संगठनको उपाध्यक्षमा नरहरि निरौला, महिला उपाध्यक्षमा सुनिता निरौला, सचिव सुरेशकुमार ढुङ्गेल, सहसचिव ममता कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा अनिल दाहाल, विप्लव चौंलागाईं, रेवतीराम रोक्का, वविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी, कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

संगठनको लेखा आयोग संयोजकमा चन्द्रमणि लुइँटेल तथा सदस्यहरुमा तीर्थ गुरागाईं र श्याम तिम्सिना निर्वाचित भएका छन् ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनमा संगठनका निवर्तमान महासचिव जीवन काफ्ले, नेकपा एमाले मोरङ जिल्ला कमिटीका अध्यक्ष बावुराम कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित खबर