काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.०८ अङ्कले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिभर फन्ड पावर कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज शेयर कारोबार रकम भने घटेको छ । हिजो साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ६ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।