२०८१ माघ ७, सोमवार , ११:३५:४३ बजे

Sajhamanch
'

खो–खो विश्वकपको पहिलो संस्करणमा पुरुषतर्फ पनि नेपाल उपविजेता

सोमवार, माघ ७, २०८१

काठमाडौं । खो–खो विश्वकपको पहिलो संस्करणमा पुरुषतर्फ पनि नेपाल उपविजेतामा सीमित भएको छ ।

भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी इन्डोर हलमा गएराति सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले हराएको थियो ।

समूह चरणमा उद्घाटन खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछि पेरु, ब्राजिल र भुटानलाई हराएको थियो । नेपालले क्वार्टरफाइनलमा बङ्गलादेशलाई पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो ।

यसअघि हिजै भएको महिला टोली तर्फको फाइनलमा पनि नेपाल भारतसँग पराजित भएको थियो । भारतले नेपाललाई ७८–४० ले पराजित गरेको हो ।

नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिला टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

सम्बन्धित खबर