२०८१ माघ ६, आइतवार , ०३:२३:४९ बजे

Sajhamanch
'

सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ : गृहमन्त्री

आइतवार, माघ ६, २०८१

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले महेन्द्रनगरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए ।

‘मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारले सोहीअनुरूप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।’

उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए ।

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए ।

‘अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्,’ उनले भने, ‘यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।’

सम्बन्धित खबर