२०८१ माघ ४, शुक्रवार , ०८:४७:५२ बजे

Sajhamanch
'

डिजिटल रिपोर्टिङ सम्बन्धी तीन दिवसीय तालिम सम्पन्न

शुक्रवार, माघ ४, २०८१

बिर्तामोड । महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ सम्बन्धी तीन दिने तालिम समापन गरिएको छ ।

बिर्तामोडमा माघ २ गतेदेखि सुरु भएको तालिम आज समापन गरिएको हो । सोही अवसरमा नेपाल पत्रकार महासंघको विभिन्न पदमा झापाबाट निर्वाचितहरुलाई बधाई ज्ञापन पनि गरिएको थियो ।

बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा सहभागिताको प्रमाणपत्र प्रदान गर्दै तालिम समापन गरिएको हो ।

सो कार्यक्रममा मन्तब्य राख्दै वडाध्यक्ष प्रसाईले कक्षा १२ पढिसक्दा विदेश पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको बताउँदै देशमा भएका संभावनालाई उजागर गर्दै युवाशक्तिलाई स्वदेशमै केही गर्न उत्प्रेरित गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने औंल्याएका थिए ।

अर्का वक्ता नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिसँग खेल्न नसके पत्रकारिता आफैंमा भुत्ते भएर जाने बताउँदै डिजिटल प्रविधि आजको आवश्यकता भएको सुनाए । प्रतिस्पर्धात्मक क्षमता विकास गर्न नसके परम्परागत सिपले मात्र अब पत्रकारितालाई भुत्ते बनाउने उनको धारणा थियो ।

सो अवसरमा प्रशिक्षार्थी कृष्णकुमारी बस्नेत र गणेश कोइरालाले तालिम उपलब्धीमुलक भएको प्रतिक्रिया दिंदै तालिमको समयावधी छोटो भएको बताए ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

खोज पत्रकारिता सम्बन्धी संस्था निमजेनका प्रमुख रजनीस भण्डारी, दिनेश रेग्मी, अधिवक्ता तारामणि सापकोटा र सावित्रा दाहालले तालिमको सहजीकरण गरेका थिए ।

आयोजक संस्थाका सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा टेवाबारे जोसना श्रेष्ठले प्रकाश पारेकी थिइन् भने स्वागत दिपा पोखरेलले गरिन् ।

तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका २५ जना पत्रकारको सहभागिता थियो ।

सम्बन्धित खबर