२०८१ माघ ४, शुक्रवार , ०७:३५:१८ बजे

Sajhamanch
'

दक्षिण सुडानमा झडप, कम्तीमा १६ जनाको मृत्यु

शुक्रवार, माघ ४, २०८१

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन -एसपीएलए(आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै हाल झाडीमा लुकेका छन् । ‘बुधबार साँझ पनि लडाइँ जारी थियो । लडाइँ भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।’एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप शुरु भएको बताए ।

कउङका अनुसार, एसपीएलए–आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीनजना घाइते भएका हुन्।

सम्बन्धित खबर