२०८१ माघ २, बुधवार , ०२:१३:५५ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीलाई हराउँदै एपीएफको लगातार दोस्रो जीत

बुधवार, माघ २, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ । एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो ।

गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले ९ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । एपीएफकी कप्तान इन्दु बर्माले नटआउट २६ रन बनाइन् । गण्डकीका आकृत्रि तिवारी र यशोदा भुजेलले १र१ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनायो । गण्डकीकी कप्तान सृजना पौडेलले २५ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ विकेट लिइन् ।

समूह ‘ए’ मा सुदूरपश्चिम, गण्डकी, आर्मी, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा बाग्मती, कोशी, मधेश र आर्मी छन् । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।

सम्बन्धित खबर