
झापा । सुनसरीको धरानमा खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।
हिजो साँझ ७ः४० बजे धरान –११ राईजिङ टोलका मनबहादुर योगीको आँगनमा सोही ठाउँ बस्ने ५२ वर्षीय चक्रबहादुर रेग्मीलाई छिमेकी ३१ वर्षीय नारायण मगरले खुकुरी प्रहार गरेका हुन् । घाइतेलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
खुकुरी प्रहार गर्ने मगरलाई खुकुरीसहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ । पुरानो रिसिबीका कारण मगरले खुकुरी हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।