२०८१ माघ १, मङ्गलवार , १०:२९:५६ बजे

Sajhamanch
'

खो–खो विश्वकप : नेपाल आयोजक भारतसँग पराजित, दोस्रो खेलमा आज पेरुसँग खेल्दै

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो पटक आयोजना भएको खो–खोे विश्वकपअन्तर्गत भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको हो ।

भारतले पहिलो सबै ४२ अङ्क अट्याकबाट जोड्दा नेपालले ३६ अङ्क अट्याकबाट र १ अङ्क डिफेण्डबाट प्राप्त गरेको थियो । पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अङ्क जोडेको थियो ।

त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अङ्क जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अङ्क जोड्दा नेपालले डिफेण्डबाट १ अङ्क जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अङ्क जोडेको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल आज पेरुसँग खेल्नेछ ।