२०८१ पौष २९, सोमवार , ०८:३५:०८ बजे

Sajhamanch
'

शेयर बजार २६ सय विन्दुमुनि झर्‍यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

सोमवार, पौष २९, २०८१

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ९९ करोडको शेयर कारोबार भएकोमा आज ३२२ वटा कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४५ करोड रुपैयाँ शेयर किनबेच भयो ।

सम्बन्धित खबर