शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन् ।
बोखिम समितिमा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ७२४ मतका साथ विजयी भएर प्रतिष्पर्धीहरुलाई फराकिलो अन्तरले पछि पारेका हुन् ।
निर्वाचन समितिका संयोजक दिपक न्यौपानेका अनुसार अध्यक्ष पदका अर्का दावेदार उदयप्रकाश राईले ३६९ र भोजकुमारी नेपालले २०४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद खरेलले ८७१ मत प्राप्त गर्दै निर्वाचित हुँदा अर्का उम्मेद्वार मोहन पौडेलले २८८ मत प्राप्त गरे ।
यस्तै सचिव पदमा कालीप्रसाद रिजालले ७९६ का साथ निर्वाचित भए भने अर्का उम्मेद्वार मोहन राईले ४४० मत प्राप्त गरे ।
निर्वाचनमा सहसचिव पदमा डिकबहादुर बुढाथोकी ७३४ मत प्राप्त गरी विजयी भएका छन् । साही पदका अन्य उम्मेद्वार भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारले ३३१ मत प्राप्त गरे ।
त्यसैगरी समितिको कोषाध्यक्षमा झमकबहादुर गौतम विजयी भएका छन् । गौतमले ६९३ कत प्राप्त गर्दा सोही पदका अर्का उम्मेद्वार भिमबहादुर कार्कीले ४७९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
समितिको सदस्यहरुमा कुवेरनाथ लुईटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बास्तोला विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन् । निर्वाचनमा १९०९ मतदाता मध्ये १३१३ मत खसेको थियो ।