२०८१ पौष २६, शुक्रवार , ०४:०३:४२ बजे

Sajhamanch
'

४ महिना अघि कुकुरले टोकेका २९ वर्षीय युवकको रेबिजका कारण ज्यान गयो

शुक्रवार, पौष २६, २०८१

धनगढी । कैलालीमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ बर्षका युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेशस्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए।

भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए।

रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।

सम्बन्धित खबर