२०८१ पौष २६, शुक्रवार , ०१:०३:३२ बजे

Sajhamanch
'

सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु

शुक्रवार, पौष २६, २०८१

झापा । धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

गएराति ९ः१० बजे धनकुटाको पाख्रीबास ३ जौटारस्थित पाख्रीबास– हिले सडक खण्डमा पाख्रीबासबाट हिलेतर्फ आउँदै गरेको को. १ ज २६३९ नम्बरको पिकअप बोलेरो दुर्घटनामा परेको हो ।

तीनवटा सुँगुर लोड गरेर आउँदै गरेको सो पिकअप बोलेरो सडकबाट अनियन्त्रित भई अन्दाजी १४० मिटर तल झरेको छ ।

दुर्घटनामा सह–चालक सिराहा लहान ५ बस्ने अन्दाजी २४ वर्षीय प्रमोद मल्लिकको घटनास्थलमै मृत्यु भएको छ भने चालक पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानी बस्ने ३९ वर्षीय शुक्रबहादुर तामाङ घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । तीनवटै सुँगुर जीवित रहेको धनकुटा प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो साँझ ७ः३० बजे सङ्खुवासभाको सिलिचोङ २ खोप्चेस्थित माथिल्लो संखुवा हाइड्रोपावरको ड्याम साईडको बाटो खन्ने क्रममा बा. ०१–००४ क ३०१२ नम्बरको स्काईभेटर बाटोबाट अन्दाजी ३०० मिटर तल संखुवा खोलामा झरेर दुर्घटना भएको छ ।

दुर्घटनामा स्काईभेटरका चालक चितवन खैरेनी १० बस्ने ४२ वर्षीय रामकुमार पाण्डे घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ ।

सम्बन्धित खबर