२०८१ पौष २५, बिहिवार , ०२:०६:०७ बजे

Sajhamanch
'

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

बिहिवार, पौष २५, २०८१

विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।

मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए ।

बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जोशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

सम्बन्धित खबर