२०८१ पौष २५, बिहिवार , १२:३१:३० बजे

Sajhamanch
'

एसियन हाइवे निर्माणको क्रममा शंकास्पद वस्तु फेला

बिहिवार, पौष २५, २०८१

विराटनगर । एसियन हाइवे निर्माणको क्रममा शङ्कास्पद वस्तु फेला परेको छ। मोरङको नगरपालिका सुन्दर्हरैंचा – ७ स्थित मालती खोला पुलमा शङ्कास्पद वस्तु फेला परेको भन्ने अपुष्ट खबर आएको मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले जानकारी दिए।

प्रहरी प्रमुख चिमरीयाका अनुसार हाइवे निर्माणको क्रममा केही शङ्कास्पद वस्तु होकी भन्ने सूचना आएकाले अहिले नेपाली सेनाको टोली परिचालन गरिएको बताए।

उनले दण्डकालमा लुकाएर राखेको केही डिवाइस हुन् सक्ने बताए। अहिले सडक बन्द गरेर वैकल्पिक बाटो व्यवस्था गरी नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सलकपुरले अनुसन्धान गरिरहेको छ।

करिब १० दिन अघि मात्र सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शङ्कास्पद बस्तु फेला परेको थियो। सेनाको टोलीले उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय बनाए थियो।

सम्बन्धित खबर