काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् । विजेता एपीएफ र पुलिसको खेल एन्फा मुख्यालय मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । पछिल्ला दुई खेलमा एपिएफले १४ गोल गरेको छ ।
उपाधिको बलियो दाबेदार एपीएफले यसअघि बाग्मती युथ क्लब र वालिङ नगरपालिकालाई हराएको थियो । एपीएफले पछिल्लो खेलमा वालिङलाई ९–० गोल अन्तरले हराएको थियो । पुलिस यो लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो ।