अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति मङ्गलवारदेखि जङ्गल र आसपास चारैतर्फ तीव्र फैलिएको आगो मध्य पालिसेड्स, ईटन, हर्स्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ ।लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपर जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न पानीको अभाव भएको बताएका खबरमा उल्लेख छ ।पालिसेड्सबाट २७ हजार मानिसलाई स्थानान्तरण गरिएको छ भने ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ ।
पालिसेड्सका अधिकारीहरुले अहिलेको मौसममा त्यहाँ आगो लाग्नु स्वभाविक मानिएको तर अहिलेको आगो र डढेलो इतिहासमा सबैभन्दा विनाशकारी भएको बताएका छन् ।राष्ट्रपति कार्यालय ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र क्षति कम गर्न आवश्यक पहलका लागि निर्देशन दिइसकेको छ । आगो फैलिएको क्षेत्रमा विमान र दमकल परिचालन गरिएको छ ।एजेन्सी