२०८१ माघ ११, शुक्रवार , ०२:५१:०९ बजे

Sajhamanch
'

पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ

बुधवार, पौष २४, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कुष्ण यदुवंशी र गोरखाको सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पोल्यान्ड पठाइदिने भन्दै कृष्णले ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ थरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।

सम्बन्धित खबर