असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८१/०९/२४
जिल्ला झापा अर्जुनधारा ७ बस्ने स्व. टंकप्रसाद उपाध्याय लम्साल (सदस्य नं. ६०३५५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असोज २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा ७ बस्ने निजको छोरा तुलसीराम लम्सालले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल पुस १ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी शनिश्चरे कार्यालय