![](https://sajhamanch.com/wp-content/uploads/2024/02/1653826712_nepali_congress-1200x560_20230205095953-300x140-1.jpg)
झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलि पौष २४ गते नेपालको होचो भू–भाग केचनामा कचनकवल–सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ।
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए ।
अभियानमा करिव १० हजार नेता कार्यकर्ताको उपस्थित रहने अभियान कार्यक्रमले नेपालको होचो भू–भाग कचनकवलको समग्र विकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने विश्वास लिएको छ।
नेपालको होचो भू–भाग कचनकवल स्थम्भ भएको ठाउँमा आयोजना गरिएको काङ्ग्रेसको जागरण अभियानले कचनकवल काङ्ग्रेस र काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि बीचको मत भिन्नताको अन्त्य हुने र कचनकवलको विकासले काचुली फेर्ने विश्वास लिएको छ ।
समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा रहेको नेपाल कै होचो भू–भागमा रहेको यस क्षेत्रको विकासमा सबै पक्षको साथ र सहयोगको नितान्त आवश्यक देखिन्छ ।
उक्त अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।