२०८१ पौष २४, बुधवार , ०७:३४:०४ बजे

Sajhamanch
'

निचाझोडा सिमसार क्षेत्र नमूनाको रुपमा विकास गर्न लायक छ : मन्त्री शाही

मङ्गलवार, पौष २३, २०८१

मेचीनगर । संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही (ठाकुरी)ले झापाको निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रलाई पुर्वको नमूनाको रुपमा विकास गर्न लायक हुने बताएका छन् ।

निर्माणाधीन अवस्थामा रहेको सिमसार स्थलमा आज मंगलबार अवलोकनपछि मन्त्री शाहीले त्यहाँको भौगोलिक बनावटको अवस्था हेर्दा नमूनाको रुपमा विकास गर्न लायक भएको बताएका हुन् ।

मन्त्री बनेपछि पहिलोपटक झापामा आएका मन्त्री शाही पाउ पाथीभरा मन्दिरको अवलोकन गरेर निचाझोडा सिमसार स्थलमा पुगेका हुन् । समयको ब्यस्तता मै पनि सुख्खा मौसममा नसुकेको सिमसारमा पानीको अवस्था र सामुदायिक वनको मध्यभागमा अवस्थित रहेकाले पनि पर्यटकको आकर्षकको रुपमा विकास आवश्यक महसुस गरेको बताए ।

उनले संघीय सरकारले आउने बजेटमा यसको विकासका लागि समावेश गरेर जाने आश्वासन पनि दिन भ्याएका छन् ।

मन्त्री शाहीसँग कोशी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई संघीय सांसद विश्वप्रकाश शर्माले निचाझोडा क्षेत्रमा लोपोन्मुख चराको हव रहेको जानकारी गराएका थिए ।

त्यस्तै हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल र यमाकन्त प्याकुरेलले सामुदायिक वन तथा निर्माणाधिन अवस्थाको जानकारी गराउँदै थप विकासका लागि बजेट आवश्यक रहेकोसमेत वन तथा वातावरण मन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा कोशी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले निचाझोडाको विकासमा आवश्यक बजेटका लागि समितिलाई प्रस्ताव लिएर प्रदेश मन्त्रालयमा आउन आग्रह गरे ।

अवलोकनमा डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई, नेपाली काङ्ग्रेसका जिल्ला सभापति देउमान थेवे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, वनका कर्मचारीहरु सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो ।

सम्बन्धित खबर