२०८१ पौष २४, बुधवार , ०४:१८:२७ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

मङ्गलवार, पौष २३, २०८१

काठमाडौं । हिजो ४९ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६४६ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा आज ३०५ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित खबर