काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ । नेपाल–चीन सिमानाको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यस्तै चिनियाँ समाचार संस्था सिन्ह्वाले ६.८ म्याग्निच्युडको भूकम्प रहेको उल्लेख गरेको छ भने अमेरिकाको यूएसजीएसले ७.१ म्याग्निच्युड मापन गरेको छ ।
भूकम्पको धक्का नेपालमा काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र तराई क्षेत्रमा पनि महसुस गरिएको थियो । त्यस्तै चीन, भारत, बङ्गलादेश र भुटानमा पनि धक्का महसुस गरिएको छ ।