२०८१ पौष २४, बुधवार , ०२:३८:०१ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

सोमवार, पौष २२, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २८ वर्षीय रोकशकुमार रावत, काभ्रेको रोशी गाउँपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दूधराज थिङ र दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई ललितपुरको महालक्ष्मी–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।

रावतले मौरिसस पठाइदिने भन्दै एक जनाबाट ६ लाख ४५ हजार, थिङले क्यानडा पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र श्रेष्ठले सिङ्गापुर पठाइदिने भन्दै एक जनाबाट सात लाख आठ हजार रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।

सम्बन्धित खबर